काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई नयाँ आईजीपी बनाउने निर्णय गरेको हो ।
सरकारको निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएको छ ।




