बुधवार, कार्तिक १९ गते २०८३    

बुधवार, कार्तिक १९ गते २०८३    

बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

सजिलो पाना
बुधवार, कार्तिक १९ २०८३
सजिलो पाना
बुधवार, कार्तिक १९ २०८३
  •  काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। 

    मंगलबार प्रतितोला सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने तोलामा ६ सय रूपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

    यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार प्रतितोला तीन हजार ६ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ६ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

     

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij