मंगलवार, कार्तिक १८ गते २०८३    

मंगलवार, कार्तिक १८ गते २०८३    

विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दियो १७५ रनको लक्ष्य

विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दियो १७५ रनको लक्ष्य

सजिलो पाना
मंगलवार, कार्तिक १८ २०८३
सजिलो पाना
मंगलवार, कार्तिक १८ २०८३
  • काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई जितका लागि १७५ रनको बलियो लक्ष्य दिएको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन बनाएको हो। 

    इमरान शेखले ४५ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५६ रन जोडे भने लोकेश बमले ४० बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५० रनको योगदान दिए। त्यस्तै, अन्तिमतिर आक्रामक ब्याटिङ गरेका रसेलले मात्र २८ बलमा २ चौका र ५ छक्काको मद्दतले अविजित ५१ रन बनाए।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij