बिहिवार, कार्तिक १३ गते २०८३    

बिहिवार, कार्तिक १३ गते २०८३    

अस्पतालमा सरसफाइदेखि उपचारको पालोसम्म सुधार गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

अस्पतालमा सरसफाइदेखि उपचारको पालोसम्म सुधार गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

सजिलो पाना
बिहिवार, कार्तिक १३ २०८३
सजिलो पाना
बिहिवार, कार्तिक १३ २०८३
  • काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता र बिरामीले उपचारका लागि लामो समय कुर्नुपर्ने समस्यालाई न्यूनीकरण गर्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता गरेकी छन्।

    मन्त्री मेहताले बिहीबार आर्थिक वर्ष २०८३/८४ का लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग सम्झौता गरेकी हुन्।

    सम्झौताअनुसार अस्पतालमा सरसफाइ र स्वच्छता कायम गर्ने, बिरामीलाई आवश्यकताअनुसार समयमै शय्या उपलब्ध गराउने तथा उपचारका लागि लामो समय कुर्नुपर्ने अवस्था घटाउने विषयलाई प्राथमिकता दिइनेछ। साथै स्वास्थ्यकर्मीले बिरामी र सेवाग्राहीसँग गर्ने व्यवहारलाई सेवामैत्री र जिम्मेवार बनाउनुपर्नेमा मन्त्री मेहताले जोड दिएकी छन्।

    उनले बिरामीले सहज रूपमा गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा पाउने वातावरण बनाउनुपर्ने बताएकी छन्। स्वास्थ्य सेवाको गुणस्तर सुधार, प्रभावकारी सेवा प्रवाह, पारदर्शिता र संस्थागत सुशासन कायम गर्दै अस्पताललाई सेवाग्राहीप्रति थप जवाफदेही बनाउनुपर्ने उनको भनाइ छ। यसैगरी मन्त्रालयका सचिव डा. विकास देवकोटाले पनि आर्थिक वर्ष २०८३/८४ का लागि १९ वटा सङ्घीय अस्पतालका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij