बुधवार, आश्विन ७ गते २०८३    

बुधवार, आश्विन ७ गते २०८३    

पोखरा फाइनान्सका ग्राहकलाई अल्फा केयरमा १५ प्रतिशतसम्म छुट

पोखरा फाइनान्सका ग्राहकलाई अल्फा केयरमा १५ प्रतिशतसम्म छुट

सजिलो पाना
मंगलवार, आश्विन ६ २०८३
सजिलो पाना
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौं। पोखरा फाइनान्स लिमिटेडका ग्राहकले न्यु बानेश्वर–१०, काठमाडौंस्थित अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर ९अल्फा बेटा कम्प्लेक्स० मा विभिन्न स्वास्थ्य तथा अन्य सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

    पोखरा फाइनान्सका खातावालाले अल्फा केयरका सम्बन्धित सेवाको बिल पोखरा फाइनान्सको डेबिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सक्नेछन्।

    सम्झौताअनुसार इन–हाउस ल्याबोरेटरीका सम्पूर्ण परीक्षण तथा डेन्टल सेवामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ। त्यस्तै, हेल्थ चेकअप प्याकेज, रेडियोलोजी सेवा, आउटसोर्स्ड टेस्ट तथा नन–इन्भेसिभ कार्डियाक इन्भेस्टिगेसनमा १० प्रतिशत छुट प्रदान गरिनेछ।

    त्यसैगरी, अल्फा हाउस बैंक्वेट बुकिङमा १० प्रतिशत तथा वासाबी रेस्टुरेन्टमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

    ग्राहकलाई थप सुविधा तथा लाभ उपलब्ध गराउने उद्देश्यले गरिएको उक्त सहकार्यबाट पोखरा फाइनान्सका खातावालाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास फाइनान्सले व्यक्त गरेको छ।

    पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ, सीआईएसलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। साथै, फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडलगायतका डिजिटल बैंकिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij