बुधवार, आश्विन ७ गते २०८३    

बुधवार, आश्विन ७ गते २०८३    

मुक्तिनाथ विकास बैंक र केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टबीच व्यावसायिक सम्झौता

मुक्तिनाथ विकास बैंक र केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टबीच व्यावसायिक सम्झौता

सजिलो पाना
मंगलवार, आश्विन ६ २०८३
सजिलो पाना
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्ट सँग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ ।

    उक्त व्यावसायिक सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्ट अन्तर्गतका काठमाडौंमा स्थित माया मनोर बुटिक होटल , पोखरामा स्थित वाटरफ्रन्ट रिसोर्ट र  हिर्मालयन फ्रन्ट रिसोटमा विभिन्न सेवाहरुमा १० देखि ३० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, १० जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा १ जनाका लागि बस्ने सुविधा निःशुल्क उपलब्ध गराइनेछ ।

    उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले बैंकको मान्य डेबिट कार्ड/प्रिभिलेज कार्ड पेश गर्नुपर्नेछ वा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ ।

    साथै मुक्तिनाथ विकास बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा समेत लगानी गर्न सकिने Auto Loan सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij