शुक्रवार, भाद्र २६ गते २०८३    

शुक्रवार, भाद्र २६ गते २०८३    

गरिमा चौधरी हत्या प्रकरणमा १० आरोपित रिहा, दुई नाबालक बाल सुधार गृहमा

गरिमा चौधरी हत्या प्रकरणमा १० आरोपित रिहा, दुई नाबालक बाल सुधार गृहमा

सजिलो पाना
शुक्रवार, भाद्र २६ २०८३
सजिलो पाना
शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका १० जना आरोपितलाई बारा जिल्ला अदालतले रिहा गर्न आदेश दिएको छ।

    जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले मुख्य प्रतिवादी बनाइएका प्रोग्रेश भनिने पुरग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा र अन्य नौ जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो। अदालतले उनीहरूविरुद्ध पर्याप्त र ठोस प्रमाण नदेखिएको भन्दै यस्तो आदेश दिएको हो।

    पीडित बालिकाका बुवा मनोज चौधरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई अपहरण, जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अदालतमा पेस गरेको थियो। अदालतको आदेशपछि उनीहरू बिहीबार साँझ हिरासतमुक्त भएका छन्।

    यसअघि घटनामा पक्राउ परेका दुई नाबालकलाई भने मुद्दाको अन्तिम टुंगो नलागेसम्म वीरगञ्जस्थित बाल सुधार गृहमा पठाउने आदेश भएको थियो। प्रहरीका अनुसार तीमध्ये एक नाबालकले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको र उनको बयान घटनास्थल तथा अन्य प्रमाणसँग मिलेको छ।

    घटनामा एक जना आरोपित अझै फरार रहेको जनाइएको छ। फरार आरोपितको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    गत साउन ३१ गतेदेखि हराएकी बालिकाको शव भदौ २ गते घरनजिकैको खाली घरमा भेटिएको थियो। घटनापछि देशभर विरोध प्रदर्शन भएको थियो। त्यसपछि गृह मन्त्रालयमा गृहमन्त्रीसहित सरकारका मन्त्री, प्रहरी महानिरीक्षक र पीडित परिवारबीच तीनबुँदे सहमति भएपछि भदौ ७ गते बालिकाको अन्त्येष्टि गरिएको थियो।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij