आइतवार, भाद्र २१ गते २०८३    

आइतवार, भाद्र २१ गते २०८३    

एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा

एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा

सजिलो पाना
आइतवार, भाद्र २१ २०८३
सजिलो पाना
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौं । नेपालको एक प्रमुख बहुराष्ट्रिय कम्पनी एनसेलका सीईओ माइकल फोलेले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत वर्षको असोज अन्तिम साता एनसेलको सीईओ बनेका उनले एक वर्ष पनि नपुग्दै राजीनामा दिएका हुन् ।

    पारिवारिक कारण देखाएर सीईओ फोलेले राजीनामा दिएको र ९ भदौमा स्वीकृतिसमेत भएको एनसेलले पुष्टि गरेको छ । यसबारे नेपाल दूरसञ्चार प्राधिकरणमा जानकारी गराइसकिएको एनलसेलले जनाएको छ । पारिवारिक कारण देखाए पनि नेपालमा काम गर्ने वातावरण नभएको भन्दै उनले चाँडै पद छोडेको अनुमान गरिएको छ।

    एनसेलको लाइसेन्सको म्याद थपिने कि नथपिने भन्ने विवाद केही समयदेखि चलिरहेको छ । त्यसै विषयमा सरकारले एनसेललाई च्याप्दै लगेको अवस्थामा एनसेल सञ्चालक समितिका सबै सदस्यमाथि अर्को केसमा सरकारले मुद्दा हालेपछि फोले चिन्तित थिए ।

    स्मार्ट टेलिकमका उपकरण लिलामी प्रक्रियाबाट खरिद गरेको विषयको मुद्दामा फोलेलाई भने विपक्षी बनाइएको छैन । तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले लाइसेन्सको अवधि सकिएपछि एनसेललाई सरकारीकरण गर्ने पूर्वशर्त राखी नवीकरण गरिदिएको थियो । त्यो कानुन विपरीत रहेको एनसेलको भनाइ छ ।

    तर वर्तमान सरकार आएपछि पनि जबर्जस्ती तीन वर्षपछि एनसेल लिन्छु भन्ने काम कारबाही अघि बढाएकोमा पनि उनी चिन्तित थिए । कम्पनीलाई नेपालीकै स्वामित्वमा ल्याउन ५० प्रतिशतभन्दा बढी सेयर सर्वासधारणलाई आईपीओमापर्फत दिन तयार रहेको प्रस्ताव पनि एनसेलले गरेको थियो । सरकार यसमा समेत सकारात्मक नदेखिएको स्रोत बताउँछ ।एउटा प्रमुख बहुराष्ट्रिय कम्पनीको सीईओले १० महिना मात्रै काम गरेर नेपाल छोड्दा त्यसले राम्रो सन्देश नगएको टेलिकम क्षेत्रका एक जानकारले बताए ।

    उनको राजीनामा स्वीकृत भएपछि नयाँ सीईओ नआउन्जेललाई सीईओले प्रयोग गर्ने सम्पर्ण अधिकारसहित कम्पनीका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्लीराम श्रेष्ठलाई अख्तियारी दिइएको एनसेलले जनाएको छ ।

    फोलेलाई गत वर्षको कात्तिक १५ गतेबाट लागु हुने गरी असोज अन्तिममा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको थियो । एनसेलमा आवद्ध हुनु अघि फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत रहँदै सातवटा फ्राङ्कोफोन अफ्रिकी बजारहरूको सञ्चालन जिम्मेवारी बहन गरेका थिए । उनले त्यसअघि ग्रामीणफोन ९बंगलादेश० र टेलिनोर (बुल्गेरिया)मा सीईओको पदसमेत सम्हालेका थिए ।

     

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij