आइतवार, भाद्र १४ गते २०८३    

आइतवार, भाद्र १४ गते २०८३    

मोहम्मद जयन्तीका अवसरमा आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

सजिलो पाना
बुधवार, भाद्र १० २०८३
सजिलो पाना
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो अलैह वसल्लमको जन्मजयन्ती अर्थात् मोहम्मद जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

    मुस्लिम समुदायले मोहम्मद जयन्तीका अवसरमा उहाँका उपदेश, शिक्षालगायत योगदानलाई स्मरण गर्दै विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गर्दैछन्। यस अवसरमा र्‍याली, सभा तथा धार्मिक कार्यक्रमसमेत हुँदैछन्। नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

    मोहम्मदलाई मुस्लिम समुदायका प्रमुख सन्देष्टाका रूपमा मानिन्छ। उहाँको जन्म साउदी अरबको मक्कामा भएको थियो। पछि उहाँ मदिना जानुभएको थियो। मक्का र मदिनालाई इस्लाम धर्मावलम्बीको प्रमुख पवित्र स्थलका रूपमा मानिन्छ।

    इस्लाम धर्मावलम्बीहरू जीवनमा कम्तीमा एकपटक मक्का पुगेर हज गर्ने धार्मिक परम्परा रहेको छ। मोहम्मद जयन्तीको अवसरमा सरकारले मुस्लिम धर्मावलम्बीका लागि आज सार्वजनिक बिदा दिएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij