आइतवार, भाद्र १४ गते २०८३    

आइतवार, भाद्र १४ गते २०८३    

आजदेखि सुरू हुँदै नाडा अटो शो, दर्जन बढी नयाँ मोडल लन्च हुने

आजदेखि सुरू हुँदै नाडा अटो शो, दर्जन बढी नयाँ मोडल लन्च हुने

सजिलो पाना
मंगलवार, भाद्र ९ २०८३
सजिलो पाना
मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौं । अटोमोबाइल क्षेत्रको कुम्भमेला नाडा अटो शो २०२६ आजदेखि काठमाडौंको भृकुटिमण्डपमा सुरू हुने भएको छ ।

    नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८ औं संस्करणको अटो शो बिहान साढे १० बजे उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्ने भएका हुन् ।

    नाडाले ५० औं वर्ष पूरा गरेको अवसरमा यस वर्षको अटो शोलाई झन् विशेष र भव्य बनाउने बताएको छ । नाडा अटो शो ६ दिन अर्थात् साउन १४ गतेसम्म संचालन हुनेछ । अटो शोमा सवारी साधन, बैंक तथा बीमा, अटो कम्पोनेन्ट लगायतको २०० बढी स्टल रहने नाडाले जनाएको छ ।

    यस वर्षको नाडा अटो शोमा दुईपाँग्रे, चारपाँग्रे र कमर्शियल गरी ५३ ब्राण्डले सहभागिता जनाउँदै छन् । ती ब्राण्डहरूले डेढ दर्जन बढी नयाँ मोडलका सवारी लन्च गर्दैछन् । नाडा अटो शोको मुख्य आकर्षण नेपालमै पहिलो पटक उत्पादन भएको विद्युतीय स्कुटर यात्री पी २ रहने छ ।

    प्रदर्शनीस्थललाई चारपाँग्रे, दुईपाँग्रे, वित्तीय संस्था, अटो पाट्र्स र ग्यारेज उपकरण साथै ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी पाँच क्षेत्रमा विभाजन गरिएको छ ।

    अवलोकनकर्ताले पहिले सवारीसाधन, बैंक, बीमा, सर्भिस र पाट्र्ससम्बन्धी गरी तीन भागमा विभाजन गरी अवलोकत गर्न सक्नेछन् । जसले गाडी किन्नेहरूले खर्च र सुविधाबारे राम्रोसँग जानकारी प्राप्त गर्नेछन् ।

    नाडाका अनुसार प्रदर्शनीस्थल ह्वीलचेयरमैत्री छ भने बत्ती, एसी र पंखाहरूको पर्याप्त व्यवस्था गरिएको छ । अवलोकनकर्ताको लागि दुई स्थान नेपाल प्रहरी क्लबको ब्लू प्याभिलियनको भूमिगत पार्किङ र सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा सवारीसाधनको पार्किङको व्यवस्था गरिएको नाडाले जनाएको छ ।

    त्यस्तै, प्रदर्शनीस्थलमा ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया र आकस्मिक स्वास्थ्य सेवा पनि उपलव्ध रहेको छ । त्यसैगरी सीसीटीभी निगरानी र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ ।

    अटो शोमा सर्वसाधारणहरूको लागि प्रवेश शुल्क २०० र विद्यार्थीका लागि १५० रुपैयाँ तोकिएको छ । अवलोकनकर्ताले खल्ती एपबाट अनलाइन टिकट खरिद गर्न सक्नेछन् ।

    सहभागी ब्राण्डहरू

    प्यासेन्जर कार ब्राण्ड : रिडारा, आयोन, जेएमईभी, टाटा (ईभी), सुजुकी, दीपल, अभतार, फोटोन, स्कोडा, नामी, चांगन, प्रोटोन, बीवाइडी, जिली, बीएडब्ल्यू नेपाल, ओमोडा, जेको, जेटोर, एमजी (पारामाउन्ट मोटर्स), जीडब्ल्यूएम, लीपमोटर, एमहिरो र स्काइवेल, वुलिङ ।

    लाइट कमर्शियल : फोटोन, सोकन, किङलङ, हाइगर, फारिजोन, जिनबेई, टाटा मोटर्स कमर्सियल भेइकल्स, डीएफएसके, कामा, न्यू गोनो अटो, ओकवेल, दीगो, स्काईवर्थ ईभी, डोङफेङ, कावेल अटो, फेइदी र एकता मोटर्स ।

    दुईपाँग्रे : रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पारएप्रिलिया, एम्पियर, मेटाईभी, जोङसेङ, क्यूजे मोटर्स, मिचे अटो र रिभोल्ट ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij