आइतवार, श्रावण २४ गते २०८३    

आइतवार, श्रावण २४ गते २०८३    

नाइमाको दोस्रो नेपाल मोबिलिटी एक्स्पो साउन २६ देखि, ४९ ब्रान्डको सहभागिता रहने

नाइमाको दोस्रो नेपाल मोबिलिटी एक्स्पो साउन २६ देखि, ४९ ब्रान्डको सहभागिता रहने

सजिलो पाना
बिहिवार, श्रावण २१ २०८३
सजिलो पाना
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आफ्नो दोस्रो नेपाल मोबिलिटी एक्स्पो आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ।

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालबाट अलग भएपछि नाइमाले छुट्टै रूपमा आयोजना गर्दै आएको यो दोस्रो संस्करणको एक्स्पोमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे तथा व्यावसायिक सवारीसाधन क्षेत्रका ४९ वटा ब्रान्ड सहभागी हुने आयोजकले जनाएको छ।

    यसअघि सम्पन्न पहिलो संस्करणमा पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी भएका थिए। यद्यपि, उद्योगका केही व्यवसायीले अपेक्षाअनुसार व्यापार नभएको र लगानी उठाउन कठिन भएको बताएका थिए।

    यसैबीच, सामाजिक सञ्जाल तथा अटोमोबाइल क्षेत्रका केही व्यक्तिले अघिल्लो संस्करणमा सार्वजनिक गरिएको अवलोकनकर्ता सङ्ख्याबारे प्रश्न उठाउँदै आएका छन्। तर, आयोजक नाइमाले सार्वजनिक गरेको तथ्यांकबाहेक त्यससम्बन्धी स्वतन्त्र आधिकारिक पुष्टि भने उपलब्ध छैन।

    यस वर्षको एक्स्पोमा विद्युतीय तथा इन्धनबाट चल्ने सवारीसाधन, नयाँ प्रविधि, वित्तीय योजना र विभिन्न ब्रान्डका नयाँ मोडलहरू प्रदर्शन गरिने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij