आइतवार, श्रावण २४ गते २०८३    

आइतवार, श्रावण २४ गते २०८३    

दिल्लीमा चर्कियो 'कक्रोच आन्दोलन

दिल्लीमा चर्कियो 'कक्रोच आन्दोलन

सजिलो पाना
बिहिवार, श्रावण ७ २०८३
सजिलो पाना
बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौं ।  भारतको राजधानी दिल्लीस्थित जन्तरमन्तरमा नीट (NEET) परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा 'कक्रोच जनता पार्टी' (सीजेपी) र विद्यार्थीहरूको प्रदर्शन बुधबार पनि जारी रहेको छ। वर्षाका बाबजुद प्रदर्शनकारीहरू त्रिपाल ओढेर धर्नामा बसेका छन्।

    नरेन्द्र मोदी सरकारविरुद्धको यो आन्दोलनप्रति मंगलबार साँझ उद्धव ठाकरे र महुआ मोइत्रासहित विपक्षी दलका नेताहरू प्रदर्शनस्थल पुगेर ऐक्यबद्धता जनाएका थिए। सीजेपीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएको छ।

    सोमबार आयोजित 'चलो संसद्' मार्चका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। त्यसक्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। घटनामा कम्तीमा ७० जना पक्राउ परेका छन् भने धेरै प्रदर्शनकारी घाइते भएका छन्।

    विद्यार्थीमाथि भएको लाठीचार्ज तथा राहुल र प्रियंका गान्धीलाई पक्राउ गरिएको विरोधमा कांग्रेसले केरल, जम्मु–कश्मीर, असमलगायत विभिन्न राज्यमा प्रदर्शन गरेको छ।

    ap26201449245142-2272026092504-1000x0.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij