शनिवार, भाद्र १३ गते २०८३    

शनिवार, भाद्र १३ गते २०८३    

बाढीपीडितका लागि बेलायतद्वारा ८५ करोड रुपैयाँ सहायता घोषणा

बाढीपीडितका लागि बेलायतद्वारा ८५ करोड रुपैयाँ सहायता घोषणा

सजिलो पाना
बिहिवार, भाद्र ११ २०८३
सजिलो पाना
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । बेलायतले नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीबाट प्रभावितको राहत र उद्धारका लागि सहयोगको घोषणा गरेको छ । प्रधानमन्त्री एन्डी बर्नहमले राहत र उद्धारका लागि करिब ८५ करोड नेपाली रुपैयाँ (५० लाख पाउन्ड) सहयोगको घोषणा गरेका छन् ।

    यूकेको साउथ वेल्स भ्रमणका क्रममा प्रधानमन्त्री बर्नामले नेपालमा घटेको घटना अत्यन्तै हृदयविदारक रहेको बताउँदै बेलायत सरकारले तत्काल कदम चालिरहेको जानकारी दिए ।

    बेलायती नागरिकहरूलाई २४सै घण्टा आवश्यक सहयोग उपलब्ध गराउनका लागि प्रभावित क्षेत्रमा महावाणिज्य दूतावासका कर्मचारी खटाइएको प्रधानमन्त्री बर्नहमले बताए । नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार, बाढी तथा पहिरोका कारण हालसम्म ३३ बेलायती नागरिकहरू सम्पर्कविहीन छन् ।

    यो कठिन र पीडादायी परिस्थितिमा बेपत्ता बेलायती नागरिकका परिवारहरूलाई सरकारका तर्फबाट सम्भव भएसम्मका सबै सहयोग उपलब्ध गराइने उनले स्पष्ट पारेका छन् । बेलायतले नेपालमा आफ्ना आपतकालीन उद्धारकर्ताहरू पठाउन प्रस्ताव गरेको छ । तर, उद्धार टोली भित्र्याउने वा नभित्र्याउने विषय नेपाल सरकारको निर्णयमा भर पर्ने बर्नहमले उल्लेख गरे ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij