आइतवार, भाद्र १४ गते २०८३    

आइतवार, भाद्र १४ गते २०८३    

कस्तो छ आजको राशिफल ?

कस्तो छ आजको राशिफल ?

सजिलो पाना
मंगलवार, बैशाख १६ २०८२
सजिलो पाना
मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौं । आज २०८२ साल वैशाख १६ गते मंगलबार। वैशाख शुक्ल पक्षको द्वितीया थिति। तदनुसार सन् २०२५ अप्रिल २९ तारिख। 

    मेष : विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा शिक्षकहरूको सहयोग मिल्नेछ। सानो प्रयासले गर्दा ठूलो कार्य सम्पन्न हुनेछ। कला वा साहित्यको क्षेत्रमा सफलता मिल्ला। पारिवारिक सद्भाव राम्रो रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    वृष : खर्च बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु राम्रो हुन्छ।

    मिथुन : मनमा उत्साह बढ्नेछ। साना योजनालाई रोकेर ठुलाठुला कामको सुरुवात गर्नु राम्रो हुनेछ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र प्रगति हुनेछ। समयको सदुपयोग गर्नुपर्ने दिन आएको छ।

    कर्कट : आज तपाईले लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारमा विवादको जोखिम देखिन्छ। लगानी गरेको क्षेत्रबाट नाफा आर्जन हुनेछ।

    सिंह : सोचेर निर्णय गर्नुपर्ने दिन हो। अग्रजको सुझाव अनुसार काम गर्दा नाफा हुनेछ। परिवारको साथमा अगाडि बढे फाइदा हुनेछ। लगानीका लागि हिम्मत गर्नु राम्रो हुनेछ।

    कन्या : लामो समय रोकिएको कामको सुरुवात हुनेछ। वैदेशिक क्षेत्रमा घाटा हुने भएकाले नगर्नु उचित हुन्छ। विदेशको लगानीबाट मनमा उत्साह बढ्नेछ। व्यवहार गर्दा मर्यादा नभुल्नु राम्रो हुन्छ।

    तुला : आफन्तको चिन्ता गरेर आफूलाई भुल्ने जोखिम देखिन्छ। खानपान र नियमित औषधी छुटेर रोग बढ्ने देखिन्छ। लगानीका अवसर धेरै भएकाले सोचेर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    वृश्चिक : दिन राम्रो छ। लगानी र श्रमको उचित मूल्यांकन हुनेछ। काम सम्पन्न नभएसम्म मनको कुरा कसैलाई नभन्नु राम्रो हुन्छ। ठुलो लगानी नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

    धनु : मान र मर्यादाले तपाईंलाई उचाईमा पुर्याउने छ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। लगानीका अवसर थुप्रै भएकाले यसलाई सदुपयोग गर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मकर : मन चिन्तित रहनेछ। मन अशान्त बन्नेछ। ठुलो योजनामा हात नहाल्नु राम्रो हुनेछ। अनावश्यक तर्क गर्दा आफैंलाई घाटा हुनेछ। धार्मिक कार्यमा संलग्न भएमा दिन सहज बन्नेछ।

    कुम्भ : कडा प्रतिस्पर्धामा सहभागी भएर सफलता प्राप्त गर्ने योग छ। कृषि र पशुपालन क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीले उत्साह बढ्नेछ। शिक्षा क्षेत्रमा भने राम्रो नतिजा प्राप्त नहुने जोखिम देखिन्छ।

    मीन : इष्टमित्रहरूसँग भेटघाट हुनेछ। दायित्वको पूर्तिको लागि संघर्ष गर्नुपर्ला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। अरूमाथि आँखा बन्द गरेर विश्वास् नगर्नुहोला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अक ८ रहेको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij