बुधवार, आश्विन २१ गते २०८३    

बुधवार, आश्विन २१ गते २०८३    

एभरेष्ट बैंक र मेदान्त अस्पतालबीच सम्झौता, ग्राहकलाई १५ प्रतिशतसम्म छुट

एभरेष्ट बैंक र मेदान्त अस्पतालबीच सम्झौता, ग्राहकलाई १५ प्रतिशतसम्म छुट

सजिलो पाना
सोमवार, आश्विन १९ २०८३
सजिलो पाना
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई स्वास्थ्य जाँच÷परिक्षण सेवामा छुट प्रदान गर्ने उद्देश्यले भारतको नयाँ दिल्ली स्थित रहेको प्रतिष्ठित मेदान्त अस्पताल (द मेडिसिटी) सँग सम्झौता गरेको छ ।

    यस सम्झौताअनुसार एभरेष्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले नयाँ दिल्लीलगायत गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडामा गरी विभिन्न शहरमा रहेका मेदान्त अस्पतालका १३ शाखाहरूमा उपचार गराउँदा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

    यो १५ प्रतिशत छुट अस्पतालको ओपिडी सेवा (डाक्टरको परामर्श, प्रयोगशाला र रेडियोलोजी), आइपिडी सेवा (बेड भाडा, प्रयोगशाला र रेडियोलोजी) तथा मेदान्तको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा लागू हुनेछ ।

    यस छुटको सुविधा प्राप्त गर्नका लागि अस्पतालको बिल भुक्तानी एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गर्नुपर्नेछ । अस्पतालभित्र उपलब्ध सेवाहरूमा मात्र लागू हुने यो विशेष छुट सम्झौताले बैंकका ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनेछ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij