काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर आएपछि उनले सम्बोधन गर्न लागेका हुन् । उनले नेपाल टेलिभिजन मार्फत सम्बोधन गर्नेछन् ।
राष्ट्रपति पौडेल आजै बाढी पहिरो गएको क्षेत्रमा गएर अवलोकन गरेका थिए । त्यहाँ उनले भएको क्षति र मानवीय संकट लगायतका विषयमा नेपाली सेना र अन्य अधिकारीहरूसँग जानकारी लिएका थिए ।




