शनिवार, भाद्र १३ गते २०८३    

शनिवार, भाद्र १३ गते २०८३    

सानिमा बैंकको १० प्रतिशत नगद लाभांश घोषणा

सानिमा बैंकको १० प्रतिशत नगद लाभांश घोषणा

सजिलो पाना
शुक्रवार, भाद्र १२ २०८३
सजिलो पाना
शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंक सञ्चालक समितिको बैठकले सञ्चित मुनाफाबाट हाल कायम साधारण शेयर पुँजीको १० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने निर्णय गरेको छ ।

    बैंकको साधारण शेयर पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ छ । प्रस्तावित लाभांशअनुसार साधारण शेयरधनीले कुल १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ नगद लाभांश पाउनेछन् ।

    बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि शेयरधनीले लाभांश पाउनेछन् ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij