शनिवार, भाद्र १३ गते २०८३    

शनिवार, भाद्र १३ गते २०८३    

नेपाल–चीन सीमामा पहिरोले नयाँ पोखरी बन्यो, दोस्रो विपद्को जोखिम

नेपाल–चीन सीमामा पहिरोले नयाँ पोखरी बन्यो, दोस्रो विपद्को जोखिम

सजिलो पाना
बिहिवार, भाद्र ११ २०८३
सजिलो पाना
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । चीनको केरुङ क्षेत्रमा पहिरोका कारण नदी थुनिएर नयाँ अस्थायी ताल बनेपछि दोस्रो चरणको ठूलो विपद्को जोखिम बढेको छ । त्यहाँ अबका तीन दिनसम्म भारी वर्षा हुने पूर्वानुमान छ ।

    योसँगै पहिरोले थुपारेको माटोबाट बनेको अस्थिर प्राकृतिक बाँधका कारण जोखिम थप बढेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

    चीनको राष्ट्रिय प्रसारण संस्था सीसीटीभीले सार्वजनिक गरेको पछिल्लो ‘ड्रोन फुटेज’मा अघिल्लो पहिरोले बनाएको भूभागमा नयाँ ताल बनिरहेको देखिएको छ । ग्याइरोङ नाकानजिकै सीमाको नेपालतर्फ बनेको यो बाँधयुक्त ताल निरन्तर फैलिरहेको देखिएको सीसीटीभीले जनाएको छ ।

    प्रारम्भिक अनुमानानुसार, उक्त तालमा हाल करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ । र, पानी ‘ओभरफ्लो’ हुन थालिसकेको छ ।

    अबका तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी तालमा जम्मा हुन सक्ने प्रक्षेपण गरिएको छ । यसले प्राकृतिक बाँध फुट्ने जोखिम बढाएको छ ।

    प्रतिकूल मौसम र जटिल भौगोलिक अवस्थाका कारण अब उद्धार तथा राहत कार्य थप चुनौतीपूर्ण हुने सीसीटीभीले जनाएको छ ।

    चिनियाँ सेनाका स्थानीय कमान्डर चेन सीलाई उद्धृत गर्दै सीसीटीभीले पहिरोको निरन्तर जोखिमलाई मध्यनजर गर्दै केही सैन्य टोलीलाई कमान्ड सेन्टरमा तयारी अवस्थामा राखिएको जनाएको छ ।

    सेनाका अधिकारी चेनसहित विज्ञले सडकहरू ठाडो भीरका किनारमा रहेकाले जुनसुकै बेला पहाडी संरचना खस्न सक्ने चेतावनी दिएका छन् । उनीहरूले थप ठूलो लेदोसहितको पहिरो आउन सक्ने जोखिम समेत औँल्याएको सीएनएनले जनाएको छ ।

    सोही कारण नयाँ बनेको अस्थायी तालको बाँध फुटेमा वा ओभरफ्लोको बहाव तीव्र भएमा तल्लो तटीय क्षेत्रमा अर्को ठूलो बाढी तथा लेदोसहितको बहाव आउन सक्ने जोखिम रहेको जनाइएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij