शनिवार, भाद्र १३ गते २०८३    

शनिवार, भाद्र १३ गते २०८३    

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

सजिलो पाना
बिहिवार, भाद्र ११ २०८३
सजिलो पाना
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं। भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ।

    नेपाल प्रहरीका अनुसार बिहीबार दिउँसो साढे १ बजेसम्म विभिन्न जिल्लामा गरी २७० जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।

    बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ। घटनास्थलमा हाल ४ हजार ५० जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।

    बाढीका कारण ठूलो जनधनको क्षति भएको र अझै केही व्यक्ति बेपत्ता रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij