शुक्रवार, आश्विन १६ गते २०८३    

शुक्रवार, आश्विन १६ गते २०८३    

होन्डाको चाडपर्व अफर, नयाँ कार किन्दा १० लाखसम्म छुट

होन्डाको चाडपर्व अफर, नयाँ कार किन्दा १० लाखसम्म छुट

सजिलो पाना
शुक्रवार, आश्विन ९ २०८३
सजिलो पाना
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै ‘फेस्टिभ अफर होन्डाको सफर’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत नयाँ होन्डा कार खरिदमा १० लाख रुपैयाँसम्म नगद छुट पाइने कम्पनीले जनाएको छ ।

    अफरमा नयाँ कार खरिद गर्दा एक आर्थिक वर्षको सडक कर र एक आर्थिक वर्षको पूर्ण बिमा निःशुल्क उपलब्ध गराइनेछ । यस्तै, पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ र एक वर्षका लागि निःशुल्क सडक सहायता सुविधा पनि दिइने कम्पनीले जनाएको छ ।

    पुरानो गाडी साटेर नयाँ होन्डा कार खरिद गर्न चाहने ग्राहकका लागि अन–द–स्पट एक्सचेन्ज सुविधा र एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ । नयाँ गाडी खरिदका लागि स्याकार हायर पर्चेज र एनआईसी एसिया बैंकसँगको सहकार्यमा कम ब्याजदरमा फाइनान्सिङ सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    यो योजना सेप्टेम्बर २५ देखि नोभेम्बर १६, २०२६ सम्म देशभरका होन्डा कार शोरुममा लागु हुनेछ । योजनामा होन्डा सीआर–भी, एलिभेट, सिटी र सिटी ईःएचईभी कार समावेश छन् । कम्पनीका अनुसार योजनाका नियम तथा सर्त लागु हुनेछन् ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij