बुधवार, आश्विन ७ गते २०८३    

बुधवार, आश्विन ७ गते २०८३    

हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’ सार्वजनिक

हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’ सार्वजनिक

सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
  • काठमाडौं । कवि हेमन्त शिशिरको कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’ सार्वजनिक भएको छ । ४० वर्ष ननाघेका र कुनै पनि कृति प्रकाशित नभएका युवालाई काव्य-क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले स्थापित ‘विश्व-ज्योति पाण्डुलिपि पुरस्कार’ जितेको उक्त सङ्ग्रह सोमबार सार्वजनिक गरिएको हो । 

    ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, प्राध्यापक डा रजनी ढकाल, कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ र उषा शेरचनले कृति सार्वजनिक गरेका हुन् । 

    सङ्ग्रह साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो । पुस्तकको मूल्य ३०० रुपैयाँ रहेको छ । कैलालीका कवि शिशिर विगत डेढ दशकदेखि कविता लेखनमा सक्रिय छन् । 

    यसैगरी ‘एपेक नेपाल’ द्वारा यसै वर्षदेखि अर्पण गर्ने गरी स्थापना भएको ‘विश्व-ज्योति काव्यसमान’ पहिलो पटक वरिष्ठ कवि उषा शेरचनलाई प्रदान गर्ने निर्णय गरिएको छ । विसं. २०१२ सालमा पोखरामा जन्मिएकी कवि उषा शेरचनका कविता, मुक्तक र आख्यानका ६ वटा कृति तथा ५ वटा गीति एल्बम प्रकाशित भइसकेका छन् । 

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij